Trending :
 

साग खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण !

मंसिर २२,२०७६

-

मंसिर २२,२०७६ काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको छ । 
 
सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । 
 
महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । डेङ्गु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथ्लेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । 
 
अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । बिरामी हुनेमा धेरैजसो एथ्लेटिक्सका खेलाडी रहेको श्रीलङ्काली टोलीका मेडिकल प्रमुख डा.लाल इकनायकेले बताए ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।