बेथितिको अखडा स्थानीय सरकार,कार्यालय नगएको दिन पनि हाजिरी !
-
मंसिर २२,२०७६ काठमाडौं ।
बेथितिको अखडा स्थानीय सरकार, कार्यालय नगएको दिन पनि हाजिरी हुने गरेको पाईएको छ । स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ।
टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। दुई वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाको अग्रसरतामा कर्मचारी टाढा बसेर सेवाग्राहीलाई सताएपछि मन्त्रालयले ‘परिपत्र’ गरेरै स्थानीय तहमा खटिएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहभित्रै बस्न भनिएको थियो।
त्यसअघि सोही मन्त्रालयले २०७४ वैशाख १ मा स्थानीय तहका कार्यकारीहरू समयमै हाजिर हुन र मन्त्रालयको स्वीकृतिबिना बिदा लिन नपाउने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो।
अधिकृतहरूले मन्त्रालयको पूर्वस्वीकृति नलिई कार्यालय नछाड्नु हुन अनुरोध छ,’ त्यसमा भनिएको थियो, ‘पालिकाबाट बिदा लिँदा वा बस्दा स्वीकृति लिएर मात्रै जानुहुन अनुरोध छ।
तर प्रमुख प्रशासकीय अधिकृतहरूबाट दुवै परिपत्रको पालना नभएको पूर्वसचिव तथा प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। त्यसबेला कर्मचारी सम्बन्धित स्थानीय तहमा नबसेका गुनासा धेरै आए, त्यसपछि मन्त्रालयमा ५-६ जनाको समूह बसेर त्यो परिपत्र जारी गरेका थियौं,’ उनले भने, तर कर्मचारी स्थानीय तहभित्र बस्नुपर्ने नियम पालना भएन।’नागरिक दैनिकमा खबर छ ।