गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिने तयारी
-
मंसिर २३,२०७६ काठमाडौं ।
गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिने तयारी छ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको हो ।
विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा गुप्तचरमा व्यापक परिवर्तन लागिएको हो ।
विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिवको नेतृत्वमा दुई समितिको हुनेछन् । छिमेकी देश भारतमा पनि यो अधिकार विवाददित बन्दै आएको छ । भारतमा अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने सिबिआई, आइबी, दिल्ली पुलिस, डिआईलगायतलाई यस्तो अधिकार छ ।
तर, अनुसन्धान अधिकारीहरुले यो सुविधाको दुरुपयोग गरेको भन्दै विवाद हुँदै आएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।