Trending :
 

बिपी प्रतिष्ठानमा किर्ते चेक काण्डमा एमबिबिएस विद्यार्थी र बैङ्क कर्मचारी पक्राउ

मंसिर २३,२०७६

-

बिपी प्रतिष्ठानमा किर्ते चेक काण्डमा एमबिबिएस विद्यार्थीसहित बैङ्क कर्मचारी पक्राउ परेका छन् ।
 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैङ्कका दुई जना कर्मचारी पक्राउ गरेको छ ।
 
किर्ते चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैङ्कमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् । 
 
डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन् ।  नागरिक दैनिकमा खबर छ ।