Trending :
 

प्रचण्डलाई कार्यकारी अधिकार दिइएपछि नेकपामा संगठनात्मक सक्रियता

मंसिर २४,२०७६

-

मंसिर २४,२०७६ काठमाडौं ।
अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि नेकपाको संगठनात्मक सक्रियता बढेको खबर छ ।
 
सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेसहित लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ । 
 
त्यस्तै, अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्त कार्य तत्काल हुने भएको छ । 
 
अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो ।
 
यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।