"यूएसबी कण्डम"

"यूएसबी कण्डम" एडभान्स कण्डम हो l

मंसिर २४,२०७६

-आस्था न्युज

कण्डम सुरक्षाको दृष्टिकोणले असुरक्षित व्यवहारबाट हुने संक्रमणबाट बच्ने एक साधन हो l त्यसैले कण्डमको प्रयोग बुद्धिमानी मानिन्छ  l अहिलेको एडभान्स टेक्नोलोजी युगमा शारीरिक सम्पर्क गर्दा  मात्र नभई  डिजिटल साधनको उपयोग गर्दा समेत कण्डमको प्रयोग गर्नुपर्ने जरुरी देखिएको छ , जसलाई "यूएसबी कण्डम" नामाकरण गरिएको छ  l

 

"यूएसबी कण्डम" वास्तविक कण्डम जस्तो रबडको तन्किने खालको भने हुदैन l  "यूएसबी कण्डम" एडभान्स कण्डम हो l यसले समान ढङ्गले सुरक्षा प्रदान गर्ने  गर्दछ l यसले  जथाभावी रुपमा वा सार्वजनिक स्थानमा रहेको "मोबाइल चारजिंग पोइन्ट " बाट चारजिंग गर्दा हुने 'जूस जैकिंग' बाट बचाउने गर्दछ l

 

'जूस जैकिंग' एक प्रकारको साईबर आक्रमण हो l जसले सार्वजनिक यूएसबी पोर्टको माध्यमबाट मोबाईललाई संक्रमित गर्ने गर्दछ र मोबाईलमा माल्व्येर इन्स्टल गर्ने गर्दछ l यसै माल्व्येरको माध्यमबाट मोबाईलमा रहेको निजि डाटा र सूचनाको जानकारी साईबर अपराधी समक्ष पुर्याउने गर्दछ l जसले गर्दा कति नोक्सानी बेहोर्नु पर्दछ कल्पना गर्नुहोस l यस सम्बन्धमा हालै अमेरिकाको लस एन्जल काउन्टी अभियोजक कार्यालयका सहायक ल्यूक सिसकले खुलासा गरेका हुन् l

 

सार्वजनिक स्थानमा उपलब्ध हुने यिनै सजिलोको लागि उपलब्ध हुने यूएसबी पोर्टको प्रयोग गर्दा हाम्रो निजी र संबेदनशील सूचनाहरु चोरीहुन् गई  तपाईको बैंक खाली हुन् सक्छ , फोन ब्लक हुन् सक्छ , त्यस्तै ईमेल लगायत सम्पूर्ण डाटा एक्कै छिनमा ह्याक हुन् सक्छ र नसोचेको नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ l यस्तै साईबर संक्रमणबाट बच्न हाल बजारमा यूएसबी डेटा ब्लॉकर्स पाईन्छ , जसलाई "यूएसबी कण्डम" भनिन्छ l

 

सार्वजनिक स्थानमा पाईने मोबाईल चरजिंग स्टेशन कत्तिको सुरक्षित रहेको छ यसबारे सचेत हुनु जरुरी छ l सकेसम्म आफ्नै युएसबी पोर्ट बोक्ने र यसैबाट मात्र चार्ज गर्ने गर्नु पर्दछ l यदि नभए "यूएसबी कण्डम"को प्रयोग गर्नु पर्दछ l यो कण्डम एकदमै सानो हुन्छ जसले गर्दा सहजै बोकेर हिड्न र यात्रा गर्न सकिन्छ l यसको मुल्य लगभग आठ सय रुपैया देखि पन्ध्र सय रूपैयाँ सम्म पर्दछ l "यूएसबी कण्डम" सानो युएसबी एडप्टर जस्तै हुन्छ जसमा इनपुट र  आउटपुट पोर्ट हुन्छ l यो युएसबी एडप्टरले मोबाईलमा पावर सप्लाई त गर्दछ तर डेटा एक्सचेन्जलाई भने पूर्ण रुपले रोक्दछ l

 

त्यसैले साथमा "यूएसबी कण्डम" बोकेर हिड्ने गरौ l नत्र सहजताका लागि सार्वजनिक स्थानमा चार्ज गर्दा सस्तोको बेथाले पेट लाग्छ भने जस्तै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ l  नेपालमा यसको समस्या त्यस्तो नदेखिए पनि भविष्यमा भने यो समस्या हुन् सक्ने सम्भावनालाई नकार्न सकिन्न l