Trending :
 

१ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन

मंसिर २५,२०७६

-

मंसिर २५,२०७६ काठमाडौं ।
 
लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।
 
 
आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो ।
 
 
आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ । 
 
 
त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।