Trending :
 

सीमा विवादबारे भारतमा विशेष दूत पठाउने कुरो चर्चा मात्रै

मंसिर २६,२०७६

-

मंसिर २६,२०७६ काठमाडौं ।
 
समाचारमा भारतसँगको सीमा विवादबारे वार्ता गर्न नेकपा नेता माधव नेपाल विशेष दूत बनेर भारत जाने योजनामा एकाएक ‘ब्रेक’ लागेको उल्लेख छ । 
 
‘सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन। अनि रोकियो कमरेडको विशेष–दूत बनेर भारत जाने प्रसंग’, नेकपाका एक सचिवालय सदस्यले भने। 
 
नेपाललाई साँच्चै दूत बनाएर पठाउन खोजेका भए प्रधानमन्त्रीले तीन तरिकाबाट पहल लिन सक्थे, पहिलो, नेपालस्थित भारतीय राजदूतलाई बोलाएर विशेष दूत पठाउँदै छु, तयारी गर्नुस्। दोस्रो, विशेष दूत पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर गर्न सक्थे।
 
तेस्रो, आफैले सीधा-सीधा टेलिफोन संवाद गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष दूत पठाउन लागेको जानकारी गराउन सक्थे। तर यी प्रयास खास नभएको कारण माधव नेपालको ‘विशेष दूत’ को चर्चा ‘प्रोजेक्सन’ मात्र भएको बुझाइमा छन्, नेकपाका ती सचिवालय सदस्य। भारतले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सापछि कालापानी क्षेत्रको सीमा विवाद फेरि एकपल्ट बल्झेको हो। अन्नपूर्ण पोष्ट दैनिकले खबर गरेको छ ।