घुसको भारी बोकेर अदालत जाने सरकारी कर्मचारीको लर्को
-
मंसिर २८, २०७६ काठमाडौं ।
इमानको कमाइ नगर्ने तर घुसको भारी बोकेर अदालत जाने प्रवृत्ति सरकारी कर्मचारीको लर्को लाग्दै गएको र त्यसमा पनि नायब सुब्बा स्तरका कर्मचारीको सहभागिता बढी पाइएको उल्लेख गरेको छ ।
सरकारले तोकेको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २०० हुन्छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर धेरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्र हुन सक्छ ।
तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् । काठमाडौँलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो ।
भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।