Trending :
 

‘हिमपातले कतै सकस कतै खुसी’

मंसिर २८,२०७६

-

मंसिर २८, २०७६ काठमाडौं ।
 ‘हिमपातले कतै सकस कतै खुसी’ बनेको आजका पत्रपत्रिकामा खबर छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएपनि किसान भने बाली सप्रिने भन्दै हर्षित भएको समाचारमा उल्लेख छ । हिमपातले हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध हुनुका साथै कतैकतै वार्षिक परीक्षासमेत स्थगित भएको छ । 
 
बिहीबार हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरी हिमपात सुरु भएको छ । मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ ।
 
हिमपात यो सिजनको पहिलो हो । हिमपातले मुस्ताङमा पर्यटन गतिविधि ठप्प भएको छ । गाडी चलाउनसमेत समस्या भएको छ । मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ । 
 नागरिक दैनिकमा खबर छ ।