Trending :
 

विमानस्थल बनाउने भन्दै स्थानियको जग्गा १६ वर्षदेखी यतिको कब्जामा !

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं
सगरमाथा राष्ट्रिय निकुञ्ज गैरकानुनी रुपमा कब्जा गरेको र गोकर्ण रिसोर्ट तथा दरबारमार्गको सरकारी जग्गा अनियमित रुपमा हत्याएको यती समुहले व्यक्तिका जग्गामा पनि कुदृष्टि राखेको छ । 
विमानस्थल बनाईदिन्छु भन्दै धरानका २५ परिवारबाट ९२ रोपनी जग्गा यतीले कौडिको भाउमा लिएको थियो ।
जब नेपालको कानुन अनुसार निजी कम्पनीले विमानस्थल बनाउन पाउदैन् । विमानस्थाल नबनेमा स्थानियले पैसा फिर्ता गर्ने र यतिले जग्गा फिर्ता गर्ने भनेर कागजमै स्पष्ट लेखिएको छ । 
तर १६ वर्षसम्म विमानस्थल नबनेपछि स्थानियले जग्गा फिर्ता मागेका छन् ।  स्थानियले २८ देखी ४० हजार प्रतिकठ्ठाका दरले जग्गा दिएका थिए । 
अहिले त्यस क्षेत्रको जग्गाको मुल्य प्रतिकठ्ठा १५ देखी ३० लाखमा कारोबार भैरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।