Trending :
 

परिक्षामा चिट चोरे दुई वर्ष प्रतिवन्ध

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परिक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ । 
गत शुत्रबार बसेको समिति बैठकमा सांसदहरले लोकसेवा आयोग विधेयकमाथि छलफल गर्दै दण्ड सजाएको व्यवस्था तोक्ने विषयमा धारण राखेका थिए । लोकसेवा आयोगसम्बन्धी परिक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोगको परिक्षामा सामेल हुन नपाउँने व्यवस्था राख्न सहमति जुटेको छ । 
परिक्षा केन्द्रमा चित चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वा गराउनेलाई दुई वर्षसम्म परिक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ ।
प्रश्नपत्र आउन गर्नेहरुले भने तीन वर्षसम्म जाँच दिन पाउने छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।