Trending :
 

ईपीएस अन्तर्गत कोरियाले २०२० मा ५६ हजार विदेशी लैजाने

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं
कोरियाले २०२० मा ५६ हजार विदेशी कामदार लैजाने भएको छ ।
 
कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाल लगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजान माग गर्ने निर्णय गरेको हो ।
 
कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।
आजको कारोबार दैनिकमा खबर छ ।