बाउले आफ्ना छोराको जन्मदर्ता सौतेनी आमाको नाममा बनाईदिए !
-
पुस ६,२०७६ काठमाडौं ।
आफ्ना छोरा सौताका बनाइएको पाईएको छ । राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्।
नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्। प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए।
वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए। पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए। जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो।
सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो। विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन्। हातमा प्लास्टिकको झोला।
झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र। दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, मेरा छोरा अर्केका भएछन्। गर्भ बोकें। प्रसव वेदना सहें।
आमा हुनुको अनुभव बटुलें। सन्तान हुर्काएँ। दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ।’ महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन्। उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन्। बेला–बेलामा महिनारायण घर आउँथे।
लक्ष्मी परिवारको खुसीमै रमाएकी थिइन्। २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए।
स्थानीय पञ्जिकाधिकारी तरुणकुमारले जन्मदर्ता बनाउन आउने सूचक स्वयम् बुवा भएपछि आमा को हो भनेर सोधखोज गरेनन् र आमाका नाममा इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिए। राजविराज अस्पतालबाट पनि लक्ष्मीको छोरा भएको प्रमाणित हुने लक्ष्मीका बुवा शिवनारायण यादवले दाबी गरे। अन्नपूर्ण पोष्टमा खबर छ ।