Trending :
 

डिजेलबाट चल्ने ३८ प्रतिशत सवारी प्रदूषण परीक्षणमा फेल

पौष १४,२०७६

-

पुस १४,२०७६ काठमाडौं ।
काठमाडौँमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् ।
 
सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् । यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ ।
 
केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार केन्द्र औसतमा दैनिक ८० वटा सवारी जाँचका लागि आउने गरेका छन् र त्यसमध्ये ३० भन्दा बढी असफल हुने गरेका छन् । केन्द्रमा २–२ वटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने उत्सर्जन जाँचयन्त्र छन् ।
 
 
आजको आर्थिक अभियान दैनिकमा खबर छ ।