अमेरिका र इरानबीचको तनाव नेपालसम्म असर,काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता
-
पुस २१,२०७६ काठमाडौं ।
अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको समाचार छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ ।
अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।
बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो । केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ ।
त्यहीअनुसार दूतावासआसपास सुरक्षामा थप कडाइ गरिएको उच्च प्रहरी स्रोत बताउँछ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रूपमा नेपालका सुरक्षा अधिकारीहरूसँग कुरा गरिसकेका छन् ।
‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरूमा उनीहरूले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’
नयाँ पत्रिका दैनिकमा खबर छ ।