Trending :
 

नेपालमा पक्राउ परेका १ सय २२ जना नागरिकलाई फिर्ता लैजान यात्रा अनुमतिपत्र जारी

पौष २२,२०७६

-

पुस २२,२०७६ काठमाडौं ।
चीनले काठमाडौँबाट पक्राउ परेका आफ्ना १ सय २२ जना नागरिकलाई फिर्ता लैजान यात्रा अनुमतिपत्र जारी गरेको छ । सीमापार अपराध, साइबार अपराध, बैङ्क ह्याकिङलगायत आरोपमा पुस ७ मा काठमाडौँबाट पक्राउ परेका आफ्ना नागरिकलाई फिर्ता लैजान चीनले नेपालस्थित चिनियाँ राजदूतावासमार्फत यात्रा अनुमतिपत्र जारी गरेको हो ।
 
पक्राउ परेका आरोपितले बुझाउने जरिवाना रकम आफैले तिरिदिने दूतावासले जनाएको छ । प्रहरीले बरामद गरेका १ सय २ थान राहदानी पनि चीनले रद्द गरिदिएको छ । 
 
१ सय २२ जना पक्राउ परे पनि ३० जनाको मात्रै राहदानी फेला परेको थियो । बरामद ७२ वटा राहदानी बाहक व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।
 
चिनियाँ दूतवासले भने फरार व्यक्तिका नाममा जारी राहदानी पनि रद्द गर्दै उनीहरुलाई अपराधीको सूचीमा राखेको छ । राहदानी रद्द भएसँगै त्यस्त नागरिक नेपालमा गैरकानुनी बनेको अध्यागमन विभागले जनाएको छ । 
 
निष्कासन गर्न लागिएकालाई लिन बुधबार ‘चाइना साउदर्न’ र ‘चाइना इस्टर्न’ का दुई जहाज काठमाडौँ आइपुग्ने दूतावासले विभागलाई जानकारी दिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार जहाजसँगै चिनियाँ सुरक्षाकर्मीको विशेष टोली पनि आउनेछ ।
कान्तिपुर दैनिकमा खबर छ