सभामुख चयन सकसः वामदेव निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट
-
पुस २४,२०७६ काठमाडौं ।
सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ ।
नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ ।
भैँसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए ।
नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ भएको छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् ।
सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् । छलफल सभामुख चयन र एमसीसीमा केन्द्रीत भएको स्रोतले जनाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।