प्रधानमन्त्री कार्यलयमा मुख्य सचिवको खोजी सुरु
-
पुस २७,२०७६ काठमाडौं ।
अबको मुख्य सचिव को भन्ने शीर्षकमा खबर छ । छ महिनाअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो ।
गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो ।
मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति हुनुपर्ने भएकाले स्वभाविक रुपमा ओलीको प्रमुख रोजाइमा राई थिए ।
सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्ति गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामति प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो ।
प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्न समेत आग्रह गरिसकेका थिए । ‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुनेपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो ।
५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समयमात्र मुख्यसचिव हुन्थे । राईले सचिवको पाँच वर्षे पदावधि पूर ागरी आगामी माघ २१ गते अनिवार्य अवकाश पाउँदैछन् ।कान्तिपुर दैनिकमा खबर छ ।