Trending :
 

कमिसनमा कुरा नमिलेपछि औषधि खरिदमा ढिलाइ

पौष २८,२०७६

-

पुस २८,२०७६ काठमाडौं ।
 
कमिसन नमिल्दा औषधिमा ढिलाइमा भएको समाचार छ । भक्तुपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रले तीन महिनादेखि बहुऔषति प्रतिरोधी (एमडीआर) उपचारमा प्रयोग हुने क्यानमाइसिन औषधि खरिद नगर्दा विरामी मारमा परेका छन् । 
 
केन्द्रले देशका विभिन्न ठाउँमा यो औषधि आपूर्तिसेत गरेको छैन । गत कार्तिकबाट शुरु भएको खरिद प्रक्रिया ढिलो भएर समयमा औषधि नआएको केन्द्रका एक कर्मचारीले बताए । 
 
विरामीले औषधि लिन नपाएपछि केन्द्रलाई दामियन फाउन्डेसनले सहयोग गरेको थियो । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएको ती कर्मचारीले बताए । केन्द्र र औषधि सप्लायर्स फर्मसँग कमिसनमा कुरा नमिलेपछि औषधिको टेन्डर भएको स्रोतको दाबी छ ।
कान्तिपुर दैनिकमा खबर छ ।