दिलीप महतो हत्या प्रकरणमा वडाअध्यक्ष पनि शंकाको घेरामा

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
 
दिलीप महतो हत्या प्रकरणमा वडाअध्यक्ष पनि शंकाको घेरामा रहेको रहेको छन् । अवैद्य उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ । 
 
गत शुक्रबार बिहान धनुषाको औरही खोलखामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका-५ का दिलीपलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो । 
 
धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरप्रस्ट रगतको नमूना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ । प्रहरीले टिपरका सहचालकलाई पनि खोजिरहेको छ । 
 
उनी घटनाका प्रत्यक्षदर्शी भएकाले खोजी भइरहेको छ । हत्याको योजना बुन्ने र आक्रमण गर्ने समयमा पनि खलासीको उपस्थिति देखिन्छ, एसपी रमेश बस्नेतले भने, घटनापछि ऊ फरार छ । 
 
नियन्त्रणमा लिएपछि उसले धेरै भेद खोल्छ,’ प्रहरीले दिलीपको हत्या घटनामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे–नरहेकोतर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ । यादवद्वय दिलीपका साथी हुन् ।
 
शुक्रबार विहान खोलामा जानुअघि तीनै जना चोकमा भेला भएका थिए । पछि वडाध्यक्ष यादव अन्तिम समयमा घरतिर फर्किए ।
कान्तिपुर दैनिकमा खबर छ ।