दूतावासको खर्च मनलाग्दीः घर, जग्गा वा फ्ल्याट खरिदमा छुट्याउएको रकम अन्तै प्रयोग

माघ ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
‘दूतावासको खर्च मनलाग्दी’ गरेको खबर छ । विदेशमा रहेका नेपाली नियोगहरुका लागि क्रमशः घर खरिद गर्दै जाने नीतिअनुरुप सरकारले हरेक वर्ष भवन खरिद गर्न बजेट छुट्याउँदै आएको छ तर त्यो बजेटलाई घर, जग्गा वा फ्ल्याट खरिदमा उपयोग गरिएको छैन, रकमान्तर गरेर दुरुपयोग गरिएको छ ।
 
विदेशी मुलुकमा नेपालका ३० दूतावास, संयुक्त राष्ट्रसंघका तीन स्थायी नियोग ९न्युयोर्क, जेनेभा र भियना० र छवटा महावाणिज्य दूतावास छन् । तीमध्ये ९ वटा दूतावास कार्यालय तथा ११ राजदूत निवास मात्र आफ्नो घर वा लिज ९दीर्घकालीन सम्झौता० मा छन् । 
 
अन्य ठाउँमा कार्यालय भवन, राजदूत निवास, कूटनीतिक कर्मचारीहरुको आवासका लागि घर भाडामा लिइएका छन् । मन्त्रालयले २०७२ मा तयार गरेको एक प्रतिवेदनमा आगामी १० वर्षभित्र सबै नियोग आफ्नै भवनमा हुने र त्यसका लागि परियोजना तयार गर्ने भनिएको छ । 
 
अहिलेसम्म त्यस्तो परियोजना तयार गरिएको छैन । उक्त प्रतिवेदनमा एक वर्षभित्रमा ब्रसेल्स, न्युयोर्क, ब्रसिलिया, प्रिटोरिया र बैंककका लागि भवन वा अपार्टमेन्ट १-१ वटा खरिद गर्ने भनिएको थियो । 
 
यसमा पनि काम भएको छ । नियोगहरुको भवन खरिदमा विनियोजन भएको रकम अर्कै शीर्षमा लगेर खर्च गर्ने गरेको पाइएको महालेखापरीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा पनि उल्लेख छ । कान्तिुर दैनिकमा खबर छ ।