Trending :
 

राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष

माघ १०,२०७६

-

माघ १०,२०७६ काठमाडौं ।
 
राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष बनेको छ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। 
 
१८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ।
 
प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। 
 
कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ।
 
 
नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना ९सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत० सांसद हुनेछन्। आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ। 
 
राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन्। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ। सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरीह’ बन्ने देखिन्छ।
 
नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित ९अर्थमन्त्री डा। युवराज खतिवडा०को कार्यकाल फागुन २० मा सकिन लागेको हो। 
 
राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ। नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ। कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ।
अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।