कछुवाको गतिमा काठमाडौंमा मोनोरेल र मेट्रोरेल गुडाउने नारा
-
माघ ११, २०७६ काठमाडौं ।
विसं २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले लगाएको नारा थियो, रेल । चुनाव जिताएर पार्टीलाई सत्ता हाँक्न दिए देशलाई छिमेकी भारत र चीनसँग रेलमार्गले जोड्ने प्रतिबद्धता उनीहरुले जनतामाझ गरेका थिए ।
केरुङ-काठमाडौं र पूर्व पश्चिम रेलमार्ग अझ धेरै प्राथमिकतामा थिए । त्यसपछि स्थानीय तहको निर्वाचमा काठमाडौंमा मोनोरेल र मेट्रोरेल गुडाउने नारा पनि तत्कालिन एमाले सारेको थियो । निर्वाचनपछि नेकपाले सत्ता सम्हालेको दुई वर्ष बित्न लाग्दा पनि रेलको प्रगति भने कुछुवाको गतिमा छ ।
०७२ को नाकाबन्दीपछि भारतसँगको एकपक्षीय निर्भरता तोड्न नेपालले नेपाल-चीन सीमापार बहुआयामिक अन्तरआबद्धता सञ्जालअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको योजना अगाडि बढाएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । अहिले पनि त्यो रेलमार्ग नै नेपालको पहिलो प्राथमिकतामा छ । चिनीयाँ पक्षले आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेर नेपाललाई बुझाईसकेको छ ।
विस्तृत सम्भाव्यता अध्ययन(डीपीएस) गर्ने निर्णयसहितको कामको बाँडफाँडको निर्णय पनि भइसकेको छ । चिनियाँले डीपीएसलाई विस्तृत आयोजना प्रतिवेदन(डीपीआर)को मान्यता दिन्छन् ।
२५–२५ आसोजमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन गर्ने सहमति भएअनुरुप दुई देशबीच कामको बाँडफाँड भएको हो ।
नयाँ पत्रिकामा खबर छ ।