Trending :
 

प्रलोभनामा पर्दा युवायुवती ठगीमा फसिरहेको प्रहरीको निष्कर्ष

माघ १६,२०७६

-

माघ १६,२०७६ काठमाडौं ।
 
हतारमा प्रलोभनामा पर्दा पछिल्लो समय धेरै युवा ठगीमा फसिरहेको प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ । प्रहरी दैनिकजसो बैङ्किङ कसुर, वैदेशिक रोजागर सम्बन्धी गठी, सामाजिक सञ्जालको दुरुपयोगबाट र जग्गा बिक्रीका नाममा हुने ठगीका उजुरीको क्रम बढेको छ । 
 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा उपत्यकामा ३ हजार ८ सय ६९ वटा अपराधजन्य घटनाको उजुरी परेको छ ।
 
जसमध्ये संगठित तथा आर्थिक अपराध र बैङ्किङ कसुरका १ हजार ९ सय २२ मुद्दा दर्ता भएका छन् । गत आवमा दर्ता भएका १० हजार १ सय ५९ अपराध मध्ये ३ हजार ७ सय ७९ घटना संगठित अपराध र बैङ्किङ कसुरका थिए । 
 
प्रहरीले चेक बाउन्स र सहकारी ठगीका मुद्दा हेर्न थालेपछि उजुरी आउने क्रम बढेको महानगरीइ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए । 
 
यो आवको ६ महिनामा बैङ्किङ कसुरका मात्र १ हजार ५ सय ५५ मुद्दा दर्ता भएका छन् भने ठगीका १ सय ९ मुद्दा दर्ता भएका छन् । पछिल्लो समय बैङ्किङ कसुर, वैदेशिक रोजागर, अनलाइन ठगीलगायत आर्थिक अपराध मौलाउँदै गएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
कान्तिपुर दैनिकमा खबर छ ।