Trending :
 

तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र बनाइदिन नेपालस्थित अमेरिकी दूतावासको दबाब

माघ १९,२०७६

-

माघ १९, २०७६ काठमाडौं । 
 
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौँमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ ।
 
दूतावासले परराष्ट्र हुँद्यै गृहमन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटक–पटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाब दिएको हो । दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छोजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको थियो ।
 
गृहमन्त्रालयस्थित उच्च स्रोतका अनुसार दूतावासको पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन उल्लेख थियो । गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमति पत्र दिन इन्कार गरेको छ ।
 
गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई। म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमति पत्र जारी गरिदिन दबाब दिएका हुन् । तिब्बतलाई चीनको अभिन्न अङ्गका रुपमा अंगीकार गर्दै आएकाले राष्ट्रियता ‘तिब्बतियन’ भएको कागजातलाई नेपालले कुनै प्रकारको हैसियत प्रदान गर्दैन । यसैले अमेरिकी दूतावासको प्रस्ताव सरकारले कार्यान्वयन गर्न नमानेको हो ।