नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर,बढुवा भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर
-
माघ १९, २०७६ काठमाडौं ।
नागरिक दैनिकमा नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर भन्ने समाचार छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवासुविधा लिएका र बढुवासमेत भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकोमा शिक्षक कर्मचारी लगायत प्राविधिक कर्मचारी समेत छन् ।
आयोगले भारतस्थित माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश इलाहवादको इन्टरमिडिएट परीक्षा उत्तीर्ण प्रमाण पत्र पेस गरी निमावि तहको शिक्षकमा बढुवा भई हाल कालिका मावि बन्दिपुरका शिक्षक श्रीप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपपत्र दायर गरेको छ ।
त्यस्तै, माध्मिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडिएट एजुकेसन युपी भारतबाट उत्र्तीण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी सहायक निरीक्षकमा बढुवा भइ सरकारी सुविधा तथा लाभ समेत लिएको आरोपमा पूर्वप्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार शाहीमाथि मुद्दा दर्ता गरेको छ । यस्तै प्रकृतिका मुद्दा अन्यमाथि दर्ता गरिएको छ ।नागरिक दैनिकमा खबर छ ।