नेपाल टेलिकमको डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने

माघ २२,२०७६

-

माघ २२,२०७६ काठमाडौं ।
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम ९एनटीसी०ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको छ ।
अब नेपाल टेलिकमको डाटा प्याक एक पटक किनेपछि ६ महिनासम्म चलाउन पाइने भएको हो । एनटीसीले ६ महिना (१८० दिन)सम्म चलाउन मिल्ने गरी ३ हजार रुपैयाँ ६९ जीबीको डाटा प्याक उपलब्ध गराउने भएको छ ।
 
यस्तै, ३ महिना ९९०० दिनसम्म चलाउन मिल्ने गरी १ हजार ६ सय रुपैयाँ ३० जीबी डाटा प्याक पनि खरिद गर्न मिल्ने भएको छ ।
 
एनटीसीले विभिन्न दरका रिचार्ज कार्ड किन्दा डाटा भोल्युम बोनस पाउने सुविधा पनि ल्याएको छ । जसअनुसार एनटीसीका प्रयोगकर्ताले २०० रुपैयाको रिचार्ज कार्ड किन्दा २०० एमबी डाटा बोनस पाउनेछन् भने ५ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा ५०० एमबी नै डाटा प्याक बोनसमा पाउनेछन् । यस्तै, १००० रुपैयाँको रिचार्ज कार्ड किन्दा १००० एमबी डाटा बोनसमा पाइने भएको छ ।
 
रिचार्ज कार्डमा डाटा बोनस प्राप्त गर्ने स्किम भने २२ देखि २४ माघसम्म मात्रै लागू हुने छ । तर, १६औं वार्षिकोत्सवका लागि जारी भएका अन्य योजना भने आगामी चैत ३० गतेसम्म लागू हुने छन् ।