गैरकानुनी रुपमा ११ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको तथ्याङ्क फेला
-
माघ २८,२०७६ काठमाडौं ।
गैरकानुनी रुपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्याङ्क सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।
यो रकम हालको विनिमय दर अनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ । ‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौँ,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रुपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’
विदेशी लगानी स्वीकृतिको कानुनी र संस्थागत संरचना बन्नुपूर्वको समयमा भित्रिएको लागनी संकलन गर्ने र त्यसको लेखाङ्कन गर्ने मनसायले अध्ययन गर्न समितिलाई जिम्मा दिइएको थियो ।
कान्तिपुर दैनिकमा खबर छ ।