सरकारको दुई वर्षे समिक्षाः कहिले डिनरको आयोजना कहिले सारंगी रेट्दै

फाल्गुण ०३,२०७६

-

फागुन ३,२०७६ काठमाडौं ।
 
कातिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षको समिक्षा गर्दै खबर छापेको छ । ओलीको ‘ओर्लँदो राज’ शीर्षक दिइएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका छन् । 
 
सरकार हाँकेको दुई वर्ष पुगिसक्यो, तर पनि पार्टीकै प्रभावशाली नेताहरु सरकारले गरेका कामको खुलेर प्रशंसा गर्दैनन् । स्थायी कमिटीका सदस्य नै भन्छन्, ‘बेचैनीमा रहनुभएका ओली कहिले डिनरको आयोजना गर्नुहुन्छ, कहिले सारंगी रेट्नुहुन्छ ।’
 
 
पछिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीसँग जनताको लोकप्रिय मत, आफैंले इच्छाएका मन्त्रीहरु र ड्याङड्याङ निर्णय गर्न सक्ने तागत थियो । ओलीसमेतको नेतृत्वमा ठूला कम्युनिष्ट दलहरु एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो ।
 
मुलुकको सबभन्दा ठूलो राजनीतिक दल नेकपाको पहिलो नम्बरको शक्तिशाली अध्यक्ष पनि उनी नै छन् । परिस्थिति यति धेरै अनुकुल हुँदाहुँदै पनि अहिले ओलीको लोकप्रियताको ग्राफ क्रमशः ओरालो लाग्दै गएको विश्लेषण स्वयं ओलीवृत्तमै हुन थालेको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।