‘विश्व अर्थतन्त्रमा कोरोना कहर’:मानवीय क्षतिसँगै अर्थतन्त्र पनि चौपट

फाल्गुण ०३,२०७६

-

फागुन ३,२०७६ काठमाडौं ।
 
‘विश्व अर्थतन्त्रमा कोरोना कहर’ शीर्षकमा खबर छ । नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ।
 
वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ।
 
महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ। वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ।
 
चीन तथा त्यहाँको उत्पादन प्रणाली ९मूल्य शृंखला० मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ। वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन्।अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।