गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि बेलायतलाई नेपाल सरकारको अनुरोध

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल-भारत-बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको छ । 
 
बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन–स्मिथ सात दिने औपचारिक भ्रमणमा शनिबार काठमाडौँ उत्रनु ७२ घण्टाअघि सरकारले यस्तो अनुरोध गरेको हो । 
 
परराष्ट्र मन्त्रालयले नेपालस्थित बेलायती दूतावासलाई कूटनीतिक नोट पठाउँदै भूतपूर्व गोर्खा सैनिकका गुनासा समाधान गर्न नेपाल सरकार र बेलायत सरकारबीच औपचारिक रुपमा छलफल गरी त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न चाहेको स्पष्ट पारेको छ ।
 
गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौताको ७२ वर्षपछि नेपालले पहिलो पटक पुनरावलोकनका लागि बेलायतसमक्ष पत्र लेखेको हो ।
 
गोर्खा भूतपूर्व सैनिकहरुले आफ्ना समस्या लागि पहल थाल्न नेपाल सरकारलाई फागुन ३ सम्मको अल्टिमेटम दिएका थिए । उनीहरुले आफ्ना गुनासाका विषयमा गृहकार्य अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
कान्तिपुर दैनिकमा खबर छ ।