Trending :
 

एआइजी बढुवाका लागि सात डिआइजी बीच प्रतिस्पर्धा सुरु

फाल्गुण १२,२०७६

-

फागुन १२,२०७६ काठमाडौं ।
 
नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायक महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ ।
 
प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो ।
 
अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ । आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१ औँ ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो । 
 
९१ औँ ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन् । पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ । 
 
आठ महिना सिनियरसँग बढुवाको दौडमा सहभागी भएका पोखरेल एआइजी भए संगठनमा चेन अफ कमान्ड बिग्रने बताउन थालिएको छ । हाल पोखरेलको वरीयता नम्बर भने उपाध्यायको भन्दा बढी रहेको छ ।
 
९१ औँ ब्याची थापा, पाल, शाही र कार्कीभन्दा उपाध्याय वरीयतामा पछि छन् । तर, उनी आइजिपी ज्ञवालीकै ब्याची हुन् । प्रहरी प्रधान कार्यालयले डिआइजी लम्साल, थापा र पाललाई एआइजीका लागि सिफारिस प्रस्ताव तयार गरेको स्रोतले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।