Trending :
 

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको प्रस्ताव

फाल्गुण १२,२०७६

-

फागुन १२,२०७६ काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए । आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने संविधान संशोधन प्रस्तावको साक्षी बनेको छ ।
 
संयोग नै भनौँ, जसरी गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको विधानविपरीत थियो, उसैगरी उनलाई राष्ट्रियसभा सदस्य मनोनयन गरेर प्रधानमन्त्री बनाउने कुरा संविधानविपरीत हो । 
 
असार अन्तिम सातातिर आफूविरुद्ध खडा भएको अर्को गुटलाई तितरवितर पार्न गौतमलाई उपाध्यक्ष अफर गरेका ओलीका लागि शनिबार साँझको प्रस्ताव भने अनपेक्षित थियो ।
 
अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने र राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो,’ बैठकबारे सचिवालयका एक सदस्यले भने, ‘त्यो प्रस्तावमा प्रधानमन्त्रीज्यू असहमत हनुहुन्थ्यो तर पनि उहाँ मौन बस्नुभयो ।’
 
बैठकमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभा सदस्य बनाउने कुरा कहाँ पुग्यो भनेर सोधेपछि दाहालले उक्त प्रस्ताव गरेका थिए । दाहाल र गौतमको सहमति बमोजिम नै उक्त प्रस्ताव सचिवालय बैठकमा पुगेको स्रोतको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।