Trending :
 

काम नगर्नेलाई नो चान्स: मन्त्रिमण्डल हेरफेरको तयारी

फाल्गुण १२,२०७६

-

फागुन १२,२०७६ काठमाडौं ।
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।
 
 
दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् । 
 
 
यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । 
 
 
सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए । 
 
 
उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।