Trending :
 

काठमाडौँको वायुको गुणस्तरमा अघिल्ला वर्षको तुलनामा सुधार

फाल्गुण १८,२०७६

-

फागुन १८,२०७६ काठमाडौं ।
 
काठमाडौँको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसिकने घूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकोमा आलिहे ४४.५ माइक्रोग्राममा झरेको छ । 
 
यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ ।
 
उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्ने लक्ष्य राखेको छ । वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौँमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रँमसम्म पुगेको देखाएको थियो । 
 
घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । आईक्यू एअरको शनिबार प्रकाशित प्रतिदेनमा काठमाडौँ उपत्यका १३७ औँ स्थानमा छ । गत वर्षको प्रतिवेदनअनुसार काठमाडौँ प्रदूषित सहरको सूचीको १ सयौँ स्थानमा थियो ।कान्तिपुर दैनिकमा खब्र छ ।