Trending :
 

नेपाल भित्रिने सवारीको तथ्याङ्क नराखिँदा आपराधिक क्रियाकलाप निम्तिन सक्ने भन्दै विज्ञहरुको चिन्ता

फाल्गुण २०,२०७६

-

फागुन १९,२०७६ काठमाडौं ।
नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्याङ्क नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेको तथ्याङ्क नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो नहुने समस्या देखिएकाले नियमन गर्न सुझाएका छन् । 
 
सरकारका पूर्वसचिव, विभिन्न निकायका प्रमुख सम्बद्ध २५ भन्दा बढी समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनको आगमन’ विषयमा सोमबार काठमाडौँमा भएको छलफलमा भारतबाट जथाभावी सवारीसाधन भित्रिनाले अराजकता बढ्दै गएको चिन्ता व्यक्त गरे । 
 
भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिनेहरु कहाँ जान्छन्, कति दिन बस्ने, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्याङ्क नभएको र यसले भविष्यमा ठूलो समस्या हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए ।
 
‘कति आए, कहाँ गए, कुनै अनुगमन छैन । आउने बेला ठाउँठाउँमा तथ्याङ्क राखिनुपर्छ,’ उनले भने, ‘नेपालबाट भारत जाने सवारीसाधनले कति यात्रु लगेको छ कुनै अनुगमन छैन । 
 
सुरक्षाको दृष्टिकोणले हेर्नुपर्छ ।’ ‘नेपाल आउने हरेक विदेशीको परिचय के हो रु रेकर्ड तत्कालदेखि राख्न जरुरी छ,’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने । नागरिक दैनिकमा खबर छ ।