सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा दिने

फाल्गुण २२,२०७६

-

फागुन २२,२०७६ काठमाडौं ।
सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नगारिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ ।
 
नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेलाई सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले दिने व्यवस्था गरिएको छ । 
 
नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न, निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ । 
 
त्यसैगरी सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मानपदवीमा दुईव्टा थप गरिएको छ । थपिएका ती मानपदवीका नाम ‘सगरमाथा सम्मान विभूषण’ र ‘गौतम बुद्ध पदक’ राखिएको छ । यसअघि वर्षमा २० जनलाई मात्र विभूषिण् गर्ने प्रस्ताव गरिएको थियो ।
 
 ‘सगरमाथा सम्मान विभूषण’ भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको छ । उक्त सम्मान पाउनेको मञ्जुरी भए सम्मानार्थ नेपाली नागरिकतासमेत दिनसक्ने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विभूषण पनि वर्षमा एक जनालाई मात्र दिने प्रस्ताव गरिएको छ । नागरिक दैनिकमा खबर छ ।