टुटल र पठाओ यथावत् रूपमा सञ्चालन हुने

फाल्गुण ३०,२०७६

-

फागुन ३०,२०७६ काठमाडौं ।
सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो । छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको जनाउँदै आएका थिए ।
 
मन्त्री नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ।