पूर्वमन्त्री साहले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरः ५ वर्ष जेल, २८ करोड ५० लाख जरिवाना

फाल्गुण ३०,२०७६

-

फागुन ३०,२०७६ काठमाडौं ।
गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । 
 
उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ । 
 
विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । नेपाल समाचारपत्रमा खबर छ।