Trending :
 

कोरोना महामारी साम्य भएलगत्तै लोकसेवाका परीक्षा सञ्चालन हुने

जेठ ०३,२०७७

-

जेठ ३, २०७७ काठमाडौं ।
 
लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।
 
लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ । 
 
लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारी शान्त भएपछि लिइने बताइन् । आजको राजधानी दैनिकमा खबर छ।