Trending :
 

कोरोनाले मृत्यु भएका दुबै जनामा फरक-फरक लक्षण

जेठ ०५,२०७७

-

जेठ ५, २०७७ काठमाडौं
नेपालमा कोभिड-१९ बाट मृत्यु भएका २ जनामा फरक-फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुक्खा खोकी, श्वासप्रश्वास समस्याका साथै निमोनिया देखिएको थियो । आइतबार बाँकेको नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म वान्ता भएको थियो ।
 
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार महिलाको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो । ‘युवकको थप रिपोर्ट आउन बाँकी छ । प्रारम्भिक जानकारीअनुसार आइतबार बिहान निरन्तर वान्तापछि उनी बेहोस भएका थिए ।’
 
चिकित्सा इतिहास केलाउँदा महिलालाई कोभिड–१९ संक्रमणले तीव्र गतिमा थला पारेको देखिएको छ । उनलाई स्थानीय अस्पतालमा ‘अक्सिजन’ समेत दिइएको थियो । करिब १० दिनअघि सामान्य प्रसूतिका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदा उनमा मुटु, श्वासप्रश्वासलगायतका कुनै प्रकारका देखिने स्वास्थ्य समस्या थिएन ।
 
वैशाख २३ गते अस्पतालमा भर्ना भएकी उनलाई २४ गते डेलिभरी गराएर २५ गते डिस्चार्ज गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।