Trending :
 

दशकौंअघि नै कालापानीमा राज्यको उपस्थिती थियो

जेठ ०६,२०७७

-

जेष्ठ ६, २०७७ काडमाडौं ।
२० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र ९कालापानी नजिक० मा राज्यको उपस्थिती रहेको पाइएको छ । 
 
सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आएको बताए । 
 
उनले २०२९ माघ ११ मा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक ९सइ० ले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको तथ्यसमेत जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको बताए । 
 
छाङ्रु र तिंकरबाट संकटकालका बेला सीमा प्रशासन कार्यालय, सीमा प्रहरी कार्यालय, प्रहरी चौकी, छोटी भन्सार विस्थापित भएका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।