Trending :
 

नेपालको लिपुलेक र लिम्पियाधुरा भारतको ऐतिहासिक नक्सामा पनि

जेठ १३,२०७७

-

जेठ १३, २०७७ काठमाडौं ।
नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । 
 
भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो । 
सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ । 
 
भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ । आजको राजधानी दैनिकमा खबर छ।