Trending :
 

लकडाउनमा खाद्यान्न र फलफूलको मूल्य बृद्धिबारे चनाखो बनौं

जेठ २४,२०७७

-

जेठ २४,२०७७ काठमाडौं ।
 
लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । 
 
कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो ।
 
लकडाउन जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । आजको राजधानी दैनिकमा खबर छ ।