Trending :
 

उपत्यकामा फ्लाइओभरको सपना कागजमै सीमित

जेठ २५,२०७७

-

जेठ २५,२०७७ काठमाडौं ।
 
सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नै तयार भएको छैन । 
 
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष ९०७६/७७० को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा गरेका थिए । 
 
अर्थमन्त्रीले उक्त घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो । त्यसतर्फ कुनै प्रगति जनताले देखेका छैनन् । उनै खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा पनि काठमााडौं–कलंकी खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा दोहोर्याए । 
 
सरकारले ११ वर्षअघि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । उक्त सपना कागजमै सीमित छ । आजको नागरिक दैनिकमा खबर छ ।