Trending :
 

खेतीयोग्य जमिन बाँझो नराख्ने नीति निर्माणको तयारीमा उपत्यकाका नगरपालिका

जेठ २७,२०७७

-

जेठ २७, २०७७ काठमाडौं ।
 
काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् ।
 
 
कोरोना भाइरस रोग (कोभिड-१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् । 
 
खेतीयोग्य जमिनको सदुपयोग गर्न र क्वारेन्टाइनको व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका १८ वटै पालिकालाई एउटै एकाइ मान्दै ती क्षेत्रका खेतीयोग्य जमिन बाँझो नराख्ने नीति निर्माणको आन्तरिक तयारीमा जुटेको दुवै महानगरपालिकाले जनाएका छन् ।
 
 
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा दुईवटा महानगर र १६ वटा नगरपालिका रहेका छन् । काठमाडौँ र ललितपुर महानगरबाहिर ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेकाले ती क्षेत्रका बाँझो जमिनलाई अनिवार्य रूपमा सदुपयोग गर्ने र त्यसका लागि सबै पालिकाले साझा कोष निर्माण गर्ने गरी दुवै महानगरले आगामी वर्षको बजेट निर्माण गर्ने गृहकार्य गरिरहेको छ ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।