प्रहरी हेडक्वार्टरका ४४ जनालाई कोरोना संक्रमण

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।
 
योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
 
संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए । यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।