Trending :
 

लक्षण भएका २५ प्रतिशत कोरोना संक्रमितलाई अक्सिजन जरुरी

भाद्र ०६,२०७७

-

भदौ ६,२०७७ काठमाडौं ।
अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परिरहेको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् ।
 
कोरोना भाइरसले बूढापाकासँगै मधुमेह, निमोनिया, क्यान्सर, मुटुरोगी, गर्भवती महिलामा तीव्र गतिले अक्सिजनको मात्रा कम गरेको विज्ञहरूको भनाइ छ । ‘पहिले गम्भीर लक्षण थिएन ।
 
अहिले बिरामीमा तीव्र गतिले खोकी, ज्वरो, फोक्सोको संक्रमण, अक्सिजनको मात्रा कमी देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘काठमाडौंलगायत मुलुकभरमा लक्षण देखिएकामध्ये सरदर एक चौथाइलाई अक्सिजन दिइएको छ ।’
 
केही साताअघिसम्म ९९।७ प्रतिशत कोरोनाका बिरामीमा कुनै लक्षण थिएन । अहिले भने लक्षण भएका संक्रमित बढिरहेका छन् । कान्तिपुरमा खबर छ ।