Trending :
 

गोठ भत्काइएपछि ओडारमा छाउ बस्दै महिलाहरु

भाद्र ११,२०७७

-

भदौं ११, २०७७ काठमाडौं ।
 
प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कमलराज रेग्मी र जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम साइपाल गाउँपालिकाको धुलीमा सीमा प्रहरी चौकी निरीक्षणपछि जगेरा गाउँतर्फ जाँदै थिए– गत साउन २५ गते । जगेरा गाउँ र चौकीको बीचमा पर्ने ओडारमा केही ओढ्नेरओछ्याउनेसहित लुगाको पोको प्लास्टिकले छोपिएको थियो । भर्खरै नुहाएझैं देखिने दुई किशोरी ओडार डिलमा बसेर घाम तापिरहेका थिए ।
 
 
ओडारनजिकै खोल्सामा एक हूल पाका महिला धारा सफा गरिरहेका थिए । अघिल्लो रातभरको झरीपछि आएको बाढीले खोल्सामा रहेका चारवटा धारा बगाएको रहेछ । ती धारा यहाँको समुदायले पानी खान नभई छाउ भएका महिलाले नुहाउनका लागि बनाइएको रहेछ ।
 
यो थाहा पाएपछि सीडीओले एक महिलालाई सोधे, ‘यहाँ अझै छाउ बार्ने चलन छ ? यस्तो गर्नुभयो भने कानुन लाग्छ है,’ सीडीओको प्रश्नले केही महिलाले मुखामुख गरे । कोहीले टाउको निहुराए । साँच्चै कारबाही गर्ने पो हुन् कि ? भन्ने डरले कसैले ‘हामी छाउ बार्दैनौं’ भनेर झूटो बोले ।
 
यसैबीच एक किशोरी आएर कड्किन थालिन्, ‘किन झूटा बोल्छौ ? भएको कुरा भन न । छाउखुल्लो ९छाउगोठ० भत्काएपछि कस्ता दुःख पायाकी छौ ।’ उनले अरू महिलालाई बोल्न उक्साइन् । यसरी धक फुकाएर कुरा गर्ने किशोरी थिइन्, १७ वर्षीया मीना रोकाया । 
 
अघिल्लो रात मात्रै यो गाउँका ६ महिला महिनावारी भएका रहेछन् । नजिकै रहेका दुईवटा ओडारमा चार जना खाँदिएर सुतेपछि दुई जना किशोरीलाई सुत्ने ठाउँ अपुग भएछ । उनीहरूले गत पुसमा भत्काएको खण्डहर छाउगोठमा एउटा काठको फल्याक ओछ्याएर र माथि प्लास्टिक हालेर रात काटेका रहेछन् ।
कान्तिपुरमा खबर छ ।